४५ पछि दिमागी क्षमता ह्रास

एक ताजा शोधबाट मानिसको दिमाग ४५ वर्षको उमेरबाट कमजोर हुन थाल्ने थाहा भएको छ । व्रिटिस मेडिकल जर्नलमा छापिएको शोधका अनुसार लण्डनको युनिर्भिटी कलेजका अनुसन्धाताहरुले ४५ देखि ४९ वर्ष उमेरका महिला–पुरुषको दिमागी क्षमतामा ३ दशमलव ६ प्रतिशतले कमी आएको पत्ता लगाएका हुन् ।
शोधमा भाग लिने ४५ देखि ७० वर्षका ७ हजार महिला पुरुषको स्मरणशक्ति, शब्दावली र बुझाइ १० वर्षसम्म रेकर्ड गरिएको थियो । अल्जाइमर्स सोसाइटीका अनुसार मस्तिष्कमा आउने परिवर्तनले बिर्सने रोग पत्ता लगाउनमा मद्दत गर्छ कि गर्दैन भन्ने खोज गर्न सकिने छ ।
यस अघि गरिएको शोधमा ६० वर्षको उमेरपछि स्मरणशक्तिमा कमी आउने बताइएको थियो तर, नयाँ सोधले यो रोग आधा उमेरमै शुरु हुने संकेत गरेको छ । शोधकर्ताहरुका अनुसार डिमेन्सिया यानी बिर्सने रोगको उपचार यसका लागि प्रभावकारी सावित     हुनेछ । यो शोधको नतिजाबाट शब्दावली बाहेक सबै श्रेणीको दिमागी क्षमतामा कमी आएको देखिएको छ । बृद्धमा दिमागी क्षमताको क्षयको गति अझ तीव्र हुन्छ ।
शोधले ६५ देखि ७० वर्षसम्मका पुरुषको तार्किक क्षमतामा ९ दशमलव ६ प्रतिशतले गिरावट देखिएको छ, जव कि यही उमेर समूहका महिलामा यो आँकडा ७ दशमलव ४ प्रतिशत रहेको छ । त्यसैगरी ४५ देखि ४९ वर्षको उमेरका पुरुष र महिलामा तार्किक क्षमतामा ३ दशमलव ६ प्रतिशतले गिरावट आएको देखिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार